प्रदेश ३ सरकार जेष्ठ नागरिकहरु प्रति सवेदनशिल छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
पुस २८, २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकार जेष्ठ नागरिकहरु प्रति सवेदनशिल भएको बताउनु भएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वस्थ्य निर्देशना लयद्वारा आयोजित मानवसेवा आश्रममा निशुल्क स्वास्थ्य शिविर तथा बृद्धबृद्धाहरुलाई राहत वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले उक्तकुरा बताउनु भएको हो ।

मुख्यमन्त्री पौडेलले जेष्ठ नागरिकको सम्मान गर्न प्रदेश सरकार पछि नहट्ने बताउदै उनीहरुको योगदानको कदर गरीनु पर्ने बताउनु भयो ।

निर्देशनालयले आज मानवसेवा आश्रममा स्वस्थ्य शिविर सहित साडे ३ लाख बराबरको राहत सामाग्री तथा औषधी बितरण गरेको छ ।

निर्देशनालयले आश्रमका का ३० जना बृद्ध बृद्धाहरुका लागि एउटा वाटरगार्ड सहित प्रत्येकलाई चिसोबाट जोगाउने लत्ता कपडाहरु, बाक्सा, टर्चलाइट, जुत्ता, टोपी, हट वाटर ब्याग लगायतका १ लाख १७ हजार ५ सय बराबरको सामाग्री तथा २ लाख ११ हजार बराबरको  बिभिन्न किसिमका दबाईहरु उपलब्ध गराएको छ ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*