डडेल्धुरामा भिषण आगलागी, घटनामा संलग्न एक जना पक्राउ

डडेल्धुरा सदरमुकाममा गएराति भिषण आगलागी भएको छ ।
अमरगढी नगरपालिका–५ को बागबजारस्थित बगरकोटमा आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आगलागी अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । यसअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । लगातार आगलागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् ।
यसैबीच आगलागीको घटनामा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनका बारेमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।







