बटेज अभावले कृषकलाई मलको व्यवस्था गर्न सकिएनः कृषिमन्त्री 

छहारी संवाददाता
पुस २१, २०७५

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बजेटको अभावमा कृषकहरुलाई पर्याप्त मलको व्यवस्था गर्न नसकिएको बताउनु भएको छ ।

मन्त्री खनालले अर्थ मन्त्रालयले तत्काल बजेटको व्यवस्था नगरे रासायनिक मलको संकट झनै बढेर जाने पनि स्पष्ट पार्नुभयो । 

शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले रासायनिक मलको अभाव हुन नदिन देशका मुख्य–मुख्य पाँच सहरमा गोदाम स्थापना गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अर्थ मन्त्रालयसँग आग्रह गर्नुभयो ।

मन्त्री खनालले मलका लागि छुट्टयाइएको ६ अर्ब बजेट सकिएको उल्लेख गर्दै थप मल ल्याउनका लागि अर्थ मन्त्रालयसँग बजेटको माग गरिएको पनि समितिमा जानकारी गराउनुभयो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*