वाइडबडी विमान प्रकरणको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

छहारी संवाददाता
पुस २०, २०७५

वाइडबडी विमान खरिद प्रकरणको अनियमितताबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । आयोगमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य रहनुभएको छ ।

आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*