धादिङमा मिनिट्रक दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाइते

धादिङमा मिनिट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
काफलपानीबाट ज्वालामुखी गाउँपालिकाको सुनखानी जाँदै गरेको बा ४ ख ८६५८ नम्बरको मिनिट्रक दुर्घटनामा ज्वालामुखी गाउँपालिका १ का ५५ वर्षीय रिम्के परियारको मृत्यु भएको हो ।
घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।







