पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २–२ रुपैयाँका दरले फेरि घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
बुधबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २र२ रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।
भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको निगमले जनाएको छ । गएको पुस ३ गते निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २र२ रुपैयाँका दरले घटाएको थियो । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको थियो भने यस्तै डिजल र मट्टितेलको भाउ ९७ रुपैयाँ प्रतिलिटरमा झरेको थियो ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले घटाएर समायोजन गरेको आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ ।







