श्रृंखला खतिवडा मल्टिमिडिया वा व्युटि विथ पर्पोज जितेर अन्तिम ३० मा पर्ने सम्भावना कायमैः मिस वर्ल्ड २०१८

मिस नेपाल २०१८ श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ अन्तरगत हेड टु हेडको दोश्रो राउण्ड भने पराजित भएकी छिन् ।
चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ अन्तरगत हेड टु हेडको पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्डमा प्रवेश गरेकी श्रृंखला मिस सिंगापुरसँग पराजित भएकी हुन् ।
दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।
उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् । तर अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ ।







