राष्ट्रपति भण्डारी युरोप जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणको लागि आज युरोप जाँदै हुनुहुन्छ ।
पोल्याण्डको कातोविचमा भोलिदेखि हुने जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम कोप ट्वान्टी फोरमा सहभागी हुन उहाँ आज त्यसतर्फ जान लाग्नुभएको हो ।
राष्ट्रपति भण्डारी मध्यान्ह १२ बजे त्यसतर्फ जाने कार्यक्रम छ ।
पोल्याण्डमा रहँदा उहाँले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारी आउँदो बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।







