श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगितामा हेड टु हेड च्यालेन्जको टप २० मा पर्न सफल

छहारी संवाददाता
मंसिर १५, २०७५

चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै  हेड टु हेड च्यालेन्जको टप २० मा परेकी छन् ।

उनले भोटिङ मार्फत आफ्नो समूहमा रहेका अर्जे्न्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछि पारिन् ।

प्रतिस्पर्धीलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक(एक जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् ।

श्रृंखला मल्टिमिडिया अवार्डको पनि बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा पनि उनी फाइनलमा प्रवेश गर्छिन् ।

मल्टिमिडिया र हेड टु हेड च्यालेन्जसँगै ‘ब्यूटी विथ प्रपोज’ मा पनि श्रृंखलाको बलियो उपस्थिति छ ।

श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*