एचआइभी/एड्स सङ्क्रमितको उपचारमा कमी हुन दिन्नः प्रधानमन्त्री ओली 

छहारी संवाददाता
मंसिर १५, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी/एड्स सङ्क्रमितको उपचारमा कमी हुन नदिने बताउनु भएको छ ।

दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले एचआइभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गराउनुभयो ।

दीगो विकासका लक्ष्यले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको भन्दै उहाँले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*