नेपालमा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घट्यो

आज ३१ औँ विश्व एड्स दिवस नेपालमा पनि विभिन्न चेतना मुलक कार्यक्रम गरी मनाईदैछ ।
यसवर्षको दिवसको नारा एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने तय गरिएको छ ।
यो दिवसलाई एचआईभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ । विश्वले नै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ ।
नेपालमा सन् २०१० को तुलनामा २०१७ सम्ममा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घटेको तथा ६३ प्रतिशतले बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
यसैगरी एड्सको कारण ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले घटेको छ । अहिले १६ हजार ४ सय २८ जना एचआईभी संक्रमितले मात्रै उपचार गराइरहेका केन्द्रका निर्देशक डाक्टर तारा नाथ पोख्रेलले जानकारी दिनुभयो ।







