कोष्ट भित्रको नेकपालाई वैधानिकता दिने निर्वाचन आयोग विरुद्ध अदालन जाने नेकपा अध्यक्ष कट्टेलको चेतावनी

नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले कोष्ठ भित्रको नेकपालाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अदालन जाने चेतावनी दिनुभएको छ ।
रिपोर्टस क्लबको साक्षात्कारमा शनिबार अध्यक्ष कट्टेले निर्वाचन आयोगले नागरिकलाई भ्रममा पार्ने गरी कोष्ठ भित्रको नेकपालाई वैधानिकता दिएको टिप्पणी गर्नुभएको हो ।
सत्ता र शक्तिको आडमा आयोगले गरेको निर्णयलाई न्यायलयले पनि सही सावित गर्ने जान्दा जान्दै पनि गलत नजिरलाई स्थापित गराउन आफू अदालत जाने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले वर्तमान सरकार यथा स्थितिवादमा पतन भएको र बिर्सजनवाद तर्फ उन्मुख भएकाले आफू क्रान्तिकारी शक्तिसँगको एकतामा अघि बढ्ने बताउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेकाहरु नै बिर्सजनवादको बाटोमा पुगेको भन्दै उहाँले आफू भने कम्युनिष्ट आन्दोलनलाई जिवित राख्ने बाटोमा अघि बढ्ने बताउनुभयो ।







