बडादशैंको आठौं दिन आज महाअष्टमी 

छहारी संवाददाता
अशोज ३१, २०७५

आज महाअष्टमी अर्थात् नवरात्रिको आठौं दिन महागौरीको विधि–विधान अनुसार पुजा–अनुष्ठान गरिँदैछ ।

आजको दिन दुर्गाको आठौं स्वरुप गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा साना–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान गरिन्छ ।

नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाको पूजाअर्चना समेत विधि–विधान अनुसार गरिन्छ । शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन पनि छ । 

बलि दिँदा बोका, कुखुरा, हाँस चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेले कुभिन्डो, घिरौला आदिलाई जनावरको स्वरुपमा बलि दिने गर्दछन् । आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैंघरमा ५४ वटा राँगा र ५४ वटा नै बोकाको बलि समेत दिइन्छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*