कांग्रेस नेता बाँस्तोलाको आज अन्तेष्टि गरिने

छहारी संवाददाता
अशोज २८, २०७५

कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको गएराती निधन भएको छ ।

विगत ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता चक्रप्रसाद बाँस्तोलाको गएराती ९ः२० मा ७४ बर्षको उमेरमा ललितपुर खुमलटारस्थित निवासमै निधन भएको हो ।

आज अपरान्ह बास्तोलाको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने बताईएको छ । दुई छोरी काठमाडौं आइपुगेपछि उहाँको अन्तिम संस्कार गरिने बताएको छ । 

पार्टीका केन्द्रीय सदस्य, परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतसमेत भएका नेता बाँस्तोला प्रजातान्त्रिक आन्दोलनका अगुवामध्ये एक हुनुहुन्थ्यो । २०४८ सालमा भारतका लागि नेपालको राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नुभएको थियो । 

२०६९ साल पुस १४ गते मोरङको विराटचोकमा कूल पूजामा सहभागी हुँदै गर्दा उहाँलाई मस्तिष्कघात भएको थियो । नेता बास्तोलाको निधन प्रति विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि सर्वसाधारणले शोक व्यक्त गरेका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*