गुर्जा हिमालमा हिम आँधीमा परी मृत्यु भएकाहरुको शव निकाल्न समस्या 

छहारी संवाददाता
अशोज २८, २०७५

म्याग्दीको गुर्जा हिमालको आधार शिविरमा हिम आँधीमा परेर मृत्यु भएकाहरुको उद्धारमा समस्या भएको छ ।

धौलागिरि गाउँपालिका–१ मा रहेको गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु भए पनि उनीहरुको शव ल्याउन नसकिएको हो । 

खराव मौसमका कारण हेलिकोप्टर बस्न नसक्दा मृतकको शव ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । आज शवको निकालिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गुर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो । त्यही बेला हिमआँधी आउँदा ५ जना कोरियाली र ४ जना नेपालीको मृत्यु भएको हो ।  । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*