बडादशैंको आज पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै

छहारी संवाददाता
अशोज २८, २०७५

बडादशैंको आज पाँचौ दिन । देशभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदैछ ।

स्कन्दकुमार कार्तिकेयको बाल स्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

चार हात मध्ये दायाँ तर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँ तर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।

देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्ट मातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धा भक्ति पूर्वक नवदुर्गा भवानीको दर्शन गरी पूजाअर्चना गरिँदैछ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*