बडादशैं अर्थात नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै 

छहारी संवाददाता
अशोज २७, २०७५

नेपालीहरुको महान चाड बडादशैं अर्थात नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । देशभरका शक्तिपिठहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो । आठ वटा हात हुने भएकाले कुष्माण्डालाई अष्टभुजा देवी पनि भनिन्छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*