बडादशैको आज तेश्रो दिन भगवती चन्द्रघण्टाको पूजाआजा गरिँदै

छहारी संवाददाता
अशोज २६, २०७५

हिन्दूहरुको महानपर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन देशभरका देवीमन्दिरमा भगवती चन्द्रघण्टाको पूजाआजा गरिँदैछ ।

आजको दिन चन्द्रघण्टाको पुजा गर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजाआराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ । दशैंकै कारण राजधानी लगायत देशभरिका बजारहरुमा किनमेल गर्नेहरुको भीड लागेको छ ।
 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*