दशैंका लागि घर फर्किंदा बढी भाडा लिए यसो गर्नुस्

दशैंका लागि गाउँघर जाँदा बढी भाडा लिइएको पाइए तुरुन्त खबर गर्न सरकारले आग्रह गरेको छ ।
केही गाडीले यात्रुलाई ठगीरहेको पाइएकाले सरकारले ठगी गर्ने विरुद्ध तुरुन्त नजिकैको प्रहरी वा ट्राफिक प्रहरी र यात्रु सहायता कक्षमा उजुरी गर्न यात्रुलाई आग्रह गरेको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले ठगी विरुद्ध उजुरी गरे लगत्तै यात्रुले राहत पाउने दावी गर्नुभएको छ । सरकारले सार्वजनिक गाडीमा १० प्रतिशत भाडा बढाए पछि त्यसको फाइदा उठाउँदै केही गाडीले आफूखुशी भाडा लिइरहेका यात्रुको गुनासो छ ।
यस्तै यात्रु धेरै ठगीएको भेटिएपछि विभागले कलंकीमा रहेका सबै काउण्टर हटाउने तयारी गरेको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा विभागले कलंकीका काउण्टर हटाउने तयारी गरेको हो ।







