श्रमजीवि पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले योजना ल्याउछः प्रदेश ३ का मुख्यमन्त्री पौडेल
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले श्रमजीवि पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १५ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले संघीयतालाई जोगाउने गरी कलम चलाउन पत्रकारहरुसंग आग्रह गर्दै पत्रकारको हकहितको लागि प्रदेश सरकार सँधै सकारात्मक रहने बताउनु भयो ।
प्रदेश सरकार भर्खर बामे सर्दै गरेको बच्चा जस्तै भएको भन्दै मुख्यमन्त्री पौडेलले आफुहरुले पनि भर्खर राम्रा कामको थालनी गरेको बताउनुभयो ।
प्रदेश सरकारलाई उढिरेहको प्लेनको संज्ञा दिँदैै उहाँले भन्नुभयो– प्लेन उड्ेको बेला थाहा हुन्छ, कि त ल्डाण्डिङ गर्ने बेला, तर उढिरहेको बेलामा केही थाहा हुन्न । हो, प्रदेश सरकार पनि त्यस्तै हो । उसले कामको परिणाम निकालेपछी मात्र थाहा हुन्छ ।’
२५० वर्ष पुरानो इतिहास बोकेको केन्द्रीय सरकार र ७ महिने प्रदेश सरकारको बीचमा व्यवस्थापन, विकासको विषय लिएर तुलना गर्नु मुर्खता हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । प्रदेश सरकारसँग सुरुमा कानुन नरहेकोले हालसम्म अधिकतम् समय कानुन निर्माणमै खर्चिएको पनि बतउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले समृद्ध राष्ट्र निर्माणमा पत्रकारको भुमिका उल्लेखनीय रहेको बताउनु भयो । उहाँले निष्पक्ष भएर कलम चलाउन सबै पत्रकारलाई आग्रह समेत गर्नुभयो ।
श्रमजिबी पत्रकारको पक्षमा पहिले देखिनै आफु लड्दै आएको बताउँदै उहाँले भन्नुभयो–पत्रकार भनेका मजदुर हुन् उनिहरुका पक्षमा म जहिले पनि आवाज उठाउँछु । ’
कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ब्रोकाष्टिङ एसोसियशन अफ नेपालका उपाध्यक्ष उज्वल चौलागाई, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, निर्माण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकाल, पत्रकारका बिभीन्न संघ संगठनका प्रतिनिधिहरु लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको आतिथ्यता रहेको थियो ।







