पत्रकार रोशन पराजुली न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित

छहारी संवाददाता
अशोज १५, २०७५

स्व. न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट मकवानपुरका अग्रज पत्रकार रोशन पराजुली सम्मानित हुनु भएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरका सस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको स्मृतिमा स्थापना भएको क्रियाशिल पत्रकारिता पुरस्कारबाट पराजुलीलाइ सम्मानित गरिएको हो । 

नेपाल पत्रकार महासंघ मकवानपुरको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले पराजुलीलाई नगद ५ हजार १ रुपैयाबाट सम्मानित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पराजुलीलाई उक्त सम्मान प्रदान गर्नु भएको हो । पराजुली मकवानपुरबाट प्रकाशित हुने हेटौडा सन्देश र राष्ट्रिय देनिक नेपाल समाचारपत्रमा कार्यरत हुनुहुन्छ ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा कानून मन्त्री सालिकग्राम जम्कट्टेल, सांसदहरु मुनु सिग्देल र प्रेम बहादुर पुलामी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, ब्रोडकास्टिङ एशोसियशन अफ नेपाल बानका उपाध्यक्ष उज्जवल चौलागाई लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*