झारफुक गरी रोग निको पारेको दाबी गर्ने ओमबाबा हेटौंडा ११ की एक महिलाको मृत्यु पछि प्रहरीको फन्दामा

हेटौंडा उपमहानगरपालिका १४ चौधघरेमा आश्रम खोलेर बिराीको झारफुक गर्दै आएका ओम बाबालाई प्रहरीले पक्राउ गरेको छ ।
आश्रममा झारफुक गराउने क्रममा हेटौंडा ११ की साबित्री पुडासैनीको मृत्यु भएपछि ओमबाबालाई प्रहरीले पक्राउ गरेको हो ।
ओम बाबाले उपचार गर्छु भन्दै गम्भिर बिरामीलाई पनि आश्रममा दुईदिन सम्म राखेर झारफुक गरेका कारण साबित्रीको मृत्यु भएको भन्दै परिवारले दिएको जाहेरीका आधारमा ओमबाबालाई पक्राउ जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताउनुभयो ।
ओम बाबालाई प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।







