झारफुकको भर पर्दा हेटौंडा ११ की सावित्रीको ज्यान गयो, ओमबाबा आश्रमलाई कार्वाहीको माग

छहारी संवाददाता
अशोज ३, २०७५

झारफुकको भर पर्दा हेटौंडा ११ की सावित्री पुडासैनीले आफ्नो ज्यानै गुमाउनु परेको छ ।

बिरामी परेकी सावित्री आफ्नी छोरी सहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौधघरेमा रहेको ओम बाबा आश्रम पुगेकी थिइन् ।

बिहानै आश्रम पुगेकी सावित्री बिहान १० बजे बेहोस भएको तर उनको स्वास्थ्य उपचारको लागि अस्पताल नल्याई अझ करीब ४ घण्टासम्म आश्रममै राखेर झारफुक गरेको कारण उनको मृत्यु भएको आफन्तहरुको आरोप छ ।

सावित्रीलाई दिउँसो २ बजेर १५ मिनेटमा हेटोंडाकोे चुरेहिल अस्पतालमा पुर्याउँदा उनको मृत्यु भईसकेको अस्पतालले पुष्टी गर्यो ।

झारफुकबा क्रममा सावित्री बेहोस हुँदा समेत अस्पताल लान नदिएर ढिलासुस्ती गरेको कारण उनको मृत्यु भएको उनका आफन्तहरुको भनाई छ । सावित्रीको ज्यान ओमबाबा आश्रमको लापरवाहीले भएको भन्दै आफन्त तथा स्थानियले आश्रमका बाबालाई कार्वाहीको माग गरेका छन् ।

प्रहरीले बाबालाई पक्राउ नगरेको भन्दै हेटौंडा अस्पताल परिसरमा मृतकका आफन्त र स्थानीयहरुले दिनभर प्रदर्शन समेत गरे ।

साँझ हामीसंगको पछिल्लो कुराकानीमा ओमबाबाले सावित्री आफ्नो आश्रमको भक्त भएको तर उनको मृत्युमा आफ्नो कुनै गल्ती नभएको बताए । बाबाले आफुलाई झुटा कुरामा फसाउन खोजीएको भन्दै घटना बारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयले बोलाइएकाले आफु जाने तयारीमा रहेको बताए थिए ।

यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बुद्विराज गुरुङ्ले घटना बारे अनुसन्धान भईरहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*