मालपोत कार्यालयमा विचौलीयाको बिगबिगी, यसो भन्छन् मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङ

छहारी संवाददाता
अशोज २, २०७५

मालपोत कार्यालय सेवाग्राहीको चाप हुने कार्यालय मध्य एक हो ।

सोमबार हामी मकवानपुरको ब्यस्त कार्यालय मध्येको एक मालपोत कार्यालयमा पुगेका थियौं । जहाँ सेवाग्राही भन्दा धेरै बिचौलिया भेटिए । जती सेवाग्राही भेटिए तिनीहरुले मालपोत कार्यालयबाट सेवा प्राप्त गर्दा अतिरिक्त शुल्क तिर्नुपरेको, समयमा काम नहुने जस्ता गुनासाहरु हामीलाई सुनाए ।

मलपोत कार्यालय हेटौडाको विभिन्न कोठाहरुमा विचौलीयाले कार्यालयको फाइलमा लेख्दै गरेको दृश्य सम्म पनि देखियो । त्यहाँ सेवाग्राहीको फाइल विचौलियाहरुले नै फाँट पिच्छे घुमाउने गर्छन् ।

सेवाग्राहीलाई कुरेर बस्न लगाएर उनिहरुको काम विचौलियाले गरिदिन्छन् । खुलेआम विचौलियाहरु फाँटमा पुगेर फाइलहरु यता, उता गराउदा समेत मालपोत कार्यालयका जिम्मेवार व्यक्तिहरु मौन देखिन्छन् ।

मालपोत अधिकृतको टेवुल सम्म तिनै विचौलियाले फाईल र्पुयाउँछन् र अधिकृतले प्रमाणित गर्छन् । मालपोत कार्यालयमा मोठ भिडाउने, मुद्दा प्रशासन, रजिष्टेसन, कम्प्युटर फाँट छ ।

यि फाँट सहित मालपोत अधिकृतको कार्यकक्षमा समेत विचौलिया सजिलै फाइल लगेर पुग्छन् । यसरी विचौलिया मार्फत पुगेका फाइलहरुको काम सजिलै हुन्छ । मालपोत र नापि कार्यालयका बारेका भनिएका यि सवै कुरा बनावटी हैनन् ।

सोमबार यी कार्यालयमा पुग्दा यस्तै देखियो । त्यतिमात्र हैन । लेखापढी कानुनी ब्यवसायिहरुले राखेका कर्मचारीहरुले मालपोत कार्यालयका फाइल समाउने गरेका छन । सेवाग्रहीले काम छिटो गरिदिने भन्दै कार्यालय भित्रै बसेर बिचौलियाहरुले पेसा मागेको पनि भेटियो ।

यो कस्तो सेवा हो भनेर हामीले सोध्दा कर्मचारीले कसले कती लिन्छ कसरी लिन्छ हामीलाई नो मतलब भन्दै हाँसोमा उडाउने प्रयास गरे ।

यी विचौलियाले गरिदिने काम सेवा ग्राही आफैले गर्ने हो भने पनि निशुल्क रुपमा ५ मिनेट भिन्त्रै सकिन्छ । तर विचौलीयाले महंगो शुल्क लिएर काम गरिदिन्छन् । अनि बिचौलियाकै कुरा सुन्ने हो भने पनि मालपोत कार्यालयमा खुलेआम भ्रष्टाचार हुन्छ । पैसा नदिए कामै हुदैन । पैसा दिए पछि नहुने काम पनि हुने बताउछन् भोला बहादुर राई ।

यस्ता बिचौलीयाहरु मलपोत कार्यालय हेटौडामा २ सय भन्दा बढि छन । सर्मसाधारणले लगेको फाइलमा यी कार्यालयमा काम हुदैन । तर मालपोत कार्यालय हेटौडाका मालपोत अधिकृत छबिलाल शर्मा आफुहरुलाई बाहिरीकुरा थाहा नहुने र विचौलियालाई नचिन्ने भन्दै पन्छिए । कर्मचारी भन्छन बिचौलीयाले कार्यालयलाई दुषीत बनाए । विचौलिया भन्छन् पैसा दिएर काम लिन्छौ । कर्मचारी र बिचौलियाको बीचमा आम सेवाग्राही पिल्सियका छन् ।

हेटौडाको मालपोत कार्यालयको यो बेथिति कहिले सम्म रहने हो रु यही प्रश्न गर्न हामी मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई भेट्न पुग्यौं । जे होस त्याहाँबाट भने सकारात्म प्रतिक्रिया आयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङले विचौलियाको प्रवेश १ हप्ता भित्रै रोक्ने प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारीको यो घोषणा कतिको कार्यान्वयन हुन्छ यो भने आगामी दिनमा हेर्नै बाकीँ छ । हामी निरन्तर फलोअपमा रहने छौं । सहयोगी/ पत्रकार एमपि शर्मा / जिवराज बख्रेल।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*