वित्तिय सहकारी क्षेत्रले अब उत्पादनको क्षेत्रमा काम गर्नुपर्छः कैलाशप्रसाद ढुंगेल

छहारी संवाददाता
भदौ २२, २०७५

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले वित्तिय सहकारी क्षेत्रले अब उत्पादनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका छन् । 

नेपालमा सहकारीताको विकास भएकोले अब उत्पादनको क्षेत्रमा लागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्ने बेला आएको मन्त्री ढुंगेलको भनाई छ । 

साना किसान विकास लघुवित्त वित्तिय सस्था लिमिटेड हेटौँडा इलाका कार्यालयले आज हेटौँडामा गरेको समिक्षा एवम नयाँ आर्थिक वर्षको रणनैतीक योजना निर्माण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मन्त्री ढुंगेलले सिप सिकेपछि प्रोजेक्ट निर्माण गरेर काम गर्न आग्रह समेत गरेका छन् । 

नेपालमा कृषि ब्यवसायको संभावना धेरै भएको भन्दै उनले समुहले निर्माण गरेको योजनामा प्रदेश सरकारले समेत सहभागिता जनाउने र सहयोग समेत गर्ने स्पष्ट पारे ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*