म्युजिकल इभ हेटौँडा २०७५” भदौ २३ गते हुने 

छहारी संवाददाता
भदौ २२, २०७५

फोकस आउट इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भदौ २३ गते हेटौँडामा “म्युजिकल इभ हेटौँडा २०७५” हुने भएको छ ।

प्रालिले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको विषयमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रालिका प्रवन्ध निर्देशक रोशन सापकोटाले कला र संगितको लागि निकै नाम कमाएको हेटौँडामा फोकस आउटले पहिलो कार्यक्रम गर्न पाउँदा खुसी भएको बताए । 

कला र संगित मार्फत आम जनतालाई खुसी पार्ने उदेश्य भएको र आफुहरु संगित मार्फत सामजिक कार्यहरुमा सहयोग गर्ने अभिप्राय समेत रहेको सापकोटाको भनाई छ । 

भदौ २३ गते मध्यान्ह १२ बजेबाट हेटौँडाको भुटनदेबी माविको चौरमा हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरु सन्दीप क्षेत्री, सागर आले, युवराज चौँलागाई, ध्रुब विस्को, शिशिर भण्डारी, मेघना मगर, लाक्पाशेर्पा लामा, विवभ माईकलको बेजोड प्रस्तुुती रहने आयोजकको भनाई रहेको छ ।

कार्यक्रममा २ सय रुपैँयाको टिकट राखिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*