हेटौडा एफएमले शुक्रवार तीजगीत प्रतियोगिता गर्दै

हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा हेटौडा एफएमले शुक्रवार खुल्ला तिजगीत महोत्सव एव खुल्ला तीजगीत प्रतियोगिता गर्दैछ ।
प्रतियोगिता हेटौडाको पल्पसा सभागृहमा हुदैछ । विशेषत महिलाहरुको प्रतिभा प्रष्फुटन एव महिलाहरुको पर्वलाइ महापर्व वनाउन कार्यक्रमको अयोजना गरिएको एफएमका प्रवन्ध निर्देशक उज्वल चौलागाइले वताउनु भयो ।
प्रतियोगितामा १५ वटा समूहले सहभागिता जनाउदै छन् भने प्रथम हुने समूहले नगद १५ हजार तथा प्रमाणपत्र दोश्रो हुने समूहले नगद १० हजार तथा प्रमाणपत्र एव तेश्रो हुने समूहले नगद ५ हजार तथा प्रमाणपत्र प्राप्त गर्ने एफएमले जनाएको छ ।
कार्यक्रममा सहभागि भइ राम्रो नृत्य गर्ने १ जना दर्शक एव सहभागिले चादीको पाउजु पाउने व्यवस्था मिलाइएको एफएमले जनाएको छ ।
कार्यक्रममा सहभागि हुन राष्ट्यि स्तरका चर्चित कलाकार मान्डवी त्रिपाटी, सहिमा श्रेष्ठ, टिका प्रसाइ, नविन पौडेल लगाएत आधा दर्जन चर्चित कलाकारहरु आउने छन् भने प्रवेश गर्न कुनै शुल्क नलाग्ने एफएमले जनाएको छ ।







