अब पेट्रोलको ११२, मट्टितेलको ९८ र एलपी ग्यास एक सिलिण्डरको १४ सय रुपैयाँ पर्ने 

छहारी संवाददाता
भदौ २१, २०७५

नेपाल आयल निगमले आजदेखि लागु हुने गरि फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्य बढाउने निर्णय गरेको हो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको जनाएको छ । 

पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य ११२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ हुनेछ ।

निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको र अमेरिकी डलरका मुल्य पनि बढेको भन्दै मूल्य बढाएको हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*