मुलुकी फौजदारी संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधान तत्काल संशोधन गर्न नेपाल पत्रकार महासंघ मकवानपुरको माग ग
नेपाल पत्रकार महासंघ मकवानपुरले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने कानुन परिमार्जन गर्न माग गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रज्ञानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट सहितका पत्रकारले बुधबार प्रमुख जिल्ला अधिकारी असमान तामाङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको हो ।
भाद्र १ गतेबाट लागू भएको मुलुकी फौजदारी संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु तत्काल संशोधन गर्न महासंघ मकवानपुर शाखाले माग गरेको हो ।
सञ्चारमाध्यम सम्बन्धी छुटटै ऐनमा समेत यस ऐनमा उल्लेखित विषयका सन्दर्भमा कुनै प्रावधानहरु नै नराखिएकाले यो ऐनबाट सञ्चारमाध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था दरहन सक्ने पत्रकार महासंघको बुझाई छ ।
ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न र तस्विर खिच्न प्रकाशन÷प्रसारण गर्न बाधा हुनसक्ने देखिएको भन्दै महासंघले संबिधानको मर्म अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्न अग्रह गरेको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताए ।
ज्ञापनपत्र बुझदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी असमान तामाङले पत्रकार महासंघको ज्ञापनपत्र जस्ताको तस्तै प्रधानमनत्री समक्ष पठाईदिने आश्वसन दिए ।







