सबै नागरिक उत्पादनसंग जोडिनुपर्छः मुख्यमन्त्री पौडेल

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सबै नागरिक उत्पादनसंग जोडिनुपर्ने बताउनुभएको छ । सबै मिले मात्र मुलुक समृद्ध बन्ने भएकाले सरकारको काममा सहयोग गर्न पनि उहाँको आग्रह छ ।
अग्निहोत्राश्रमको जस्तै बिकाशका काममा तीन नंम्बर प्रदेश सरकार सहयोग गर्नका लागि प्रतिबद्ध रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
बिकाश आफुहरुको अभियान रहेको उहाँले बताउनुभयो । यस्ता खालका बिकाशमा जनसहभागिता जनाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा मकवानपुर क्षेत्रनंमबर २ का सांसद बिरोध खतिवडा, राष्ट्रिय सभाका सदस्य तथा समितिका सभापति रामनारायण बिडारी, तीन नंम्बर प्रदेशका प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बाँनिया, नेपाली काग्रेश मकवानपुरका पुर्ब सभापति रामचन्द्र अर्याल माईकल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यस आश्रममा आयुर्वे्दिक अस्पताल संचालन गर्ने योजना रहेको छ । यो क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उनको भनाई थियो ।
५ विगाह २ कठ्ठा क्षेत्रफलमा फैलिएको आश्रममा आज जडिबुटि उद्यान, चाणक्य हल उद्घाटनसहित बार्षिकोत्सव मनाईको छ । आश्रममा वेद, वेदाङ्ग, आयुर्वेद, ज्योतिष, राजनीति शास्त्र, कर्मकाण्डसहितका विषयमा अनौपचारिक अध्यापन हुने गरेको छ ।







