पाँच बर्ष भित्रमा समृद्ध नेपाल बनाएरै छोड्छौंः प्रचण्ड

छहारी संवाददाता
भदौ २१, २०७५

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पाँच बर्ष भित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताउनुभएको छ ।

मकवानपुरको मनहरी–९ रजैयामा रहेको ओम वातावरण शुद्धिकरण अभियान अग्निहोत्राश्रमको बार्षिकोत्सवको बुधबार उध्घाटन् गर्दै उहाँले अबको छ महिना भित्रमा सरकारले देखिनेगरी काम गर्ने योजना रहेको बताउनुभयो ।

अब पुर्ब पस्चिम रेलमार्ग सपना मात्र नभईकन एथार्थ रहेको बताउनुभयो । अब चिन र भारतबाट रेल आउने निस्चित भएको उहाँले बताउनुभयो ।

अब बर्षायाम सकिएपछी काठमाण्डौको सबै सडक स्तरोन्नती गरेर सफा र हराभरा बनाउने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

मकवानपुरको मनहरीमा पनि लक्षित गरेर पुल बनाउनका लागि आफुहरु तयार रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । अब कृर्षिमा आधुनीकीकरण गरेर काम गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*