देशको विकासका लागि जनताको विकास हुनुपर्छ: प्रदेश ३ का मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
भदौ २०, २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशको समग्र विकासका लागि भौतिक विकाससंगै जनताको पनि बिकास हुनुपर्नेमा जोड दिनु भएको छ ।

मानव सेवा आश्रमद्वारा हेटौंडामा आयोजित ज्ञान हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले जनताको बिकासका लागि शिक्षा, स्वास्थ्य, खाने, लाउने र बस्ने व्यवस्था पहिलो प्राथामिकता भएको बताउनुभयो ।

कार्यक्रममा उहाँले ३ नम्बर प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने विषयमा प्रदेश सरकारले योजना बनाईरहेको जानकारी समेत दिनुभयो । मानब सेवा आश्रमले राज्यले गर्ने काम गरेको भन्दै अब राज्यले आश्रमलाई थप सहयोग गर्ने बताउनुभयो ।

विगतमा सडक मानवका विषयमा कुरा उठेपनि व्यवस्थापनमा कसैको ध्यान नगएको उहा“को भनाई थियो ।

प्रदेशका १३ वटा जिल्लालाई मानवताको शहर बनाउन सबैलाई सहयोग गर्न उहा“ले आग्रह पनि गर्नुभयो ।  मानव सेवा आश्रमले गहन जिम्मेवारी बहन गरिरहेकोले प्रदेश सरकारले पनि योजना अगाढि सारेको उहा“ले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले २०७६ सालसम्ममा नै सडक मानवमुक्त शहर बनाउने उद्घोष समेत गर्नुभयो ।

 कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देल, मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा, हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंह, हेटौंडा उपमहानगरपालिकाका गंगा चौलागाई लगायत सहभागि हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*