बिमस्टेकः १८ बुँदे काठमाडौं घोषणापत्र जारी

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० चौथो सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग ९बिमस्टेक ग्रीड इन्टरकनेक्सन० सहमति पत्र हस्ताक्षर भएको छ ।
यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई विमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् ।स्रोत / अनलाइनखबर







