दुई वटा बस र ट्रिपर ठोक्कीएर दुर्घटना हुँदा ३ जना घाइते
हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ११ थानाभर्याङमा दुई वटा बस र ट्रिपर ठोक्कीएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
दुर्घटनामा दमौलीका कोपिला भेटवाल, कमला पन्त र नासिक खातुन घाइते भएका छन् उनिहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
हेटौँडाको सोलिड्यारेटी बोर्डिङ स्कुलको बसलाई ट्रिपरले ठक्कर दिएको र ट्रिपरलाई एक यात्रुबाहक बसले ठक्कर दिएको बताइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।







