नेपाल र भारतबीच हुँदैछ यस्तो सहमती

छहारी संवाददाता
भदौ १५, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज काठमाण्डू–रक्सौल रेल सेवाको अध्ययन अगाडि बढाउने समझादारी पत्रमा हस्ताक्षर हुने भएको छ । 

दुवै देशका प्रधानमन्त्रीले यसअघि नै सैद्धान्तिक प्रतिबद्धता जनाइसकेको यो विषयलाई समझदारीले व्यावहारिक गति दिन लागेको हो । 

भारतसँग रेल जोड्ने कुरा यसअघि संयुक्त वक्तव्यमा उठेका थिए । तर आज हुने द्वविपक्षीय वार्ता पश्चात् रेलको विषयमा मात्र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्भे नाम दिइने उक्त अध्ययन एक प्रकारको पूर्व सम्भाव्यता अध्ययन हुने र त्यसले भारत जोड्ने रेलको आधारभूत प्रकृति निर्क्यौल गर्ने नेपालको रेल विभागले जनाएको छ । 

भारत सरकारले आफ्नै लगानीमा गर्ने बताएको यस अध्ययनले सुरक्षित भूबनोट पहिचान गर्दै लम्बाइको एउटा खाका दिनेछ । विभागका अनुसार आकलनमा रक्सौलसम्मको रेल मार्ग १ सय ३० किलोमिटर हाराहारीमा हुने बताइएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*