बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका चार सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु आजै स्वदेश फर्कने

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु मध्ये ४ जना आजै फर्कने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आजै भएका हुन् ।
भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने भोली शनिवार फर्कने छन् भने श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ । वाङचुक लुम्बीनि भ्रमणमा जाने कार्यक्रम छ ।







