प्रहरीको गोली चलागि किशोरको मृत्यु भएको घटनाको नयाँ शक्ति पार्टीद्धारा भर्त्सना
कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको घटनाको नयाँ शक्ति पार्टी, नेपालले भर्त्सना गरेको छ ।
बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले लिई त्यसको छानबिन र कारबाहीको प्रक्रिया द्रूत गतिमा अघि बढाउनु पर्नेमा राज्यका निकायहरूमा गम्भीरता र संवेदनशीलताको अभाव देखिएको नयाँ शक्तिले आरोप लगाएको छ ।
घटनाको छानबिन र अपराधीलाई कारबाहीको माग गर्दै स्थानीयले गरेको आन्दोलनलाई समयमै उचित सम्बोधन गर्नुको साटो राज्य प्रशासनले अनावश्यक बल प्रयोग गरेर आन्दोलनकारीलाई उत्तेजित बनाउने कार्य गरेको नयाँ शक्ति पार्टी, नेपालले प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।
कर्फ्यू आदेश दीर्घकालीन समाधानको उपाय नभएकोले किशोरी बलात्कार र हत्याको घटनाको छानबिन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रूतरुपमा लाग्न सरकारसँग नयाँ शक्तिले माग गरेको छ ।
साथै, प्रहरीको गोली लागि मृत्यु भएका सनी खुनाको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको शीघ्र उपचार गर्न पनि उसले माग गरेको छ ।







