हेटौडा एफएमले यो वर्ष पनि तीजगीत महोत्सव गर्ने

छहारी संवाददाता
भदौ २, २०७५

हिन्दु महिलाहरुको महानपर्व हरितालिका जीको पावन अवसरमा हेटौडा एफएमले गतवर्षहरु जस्तै यो वर्ष पनि खुल्ला तिजगीत महोत्सव एव खुल्ला तीजगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

हेटौडाको पल्पसा सभागृहमा आयोजनाहुने प्रतियोगिता यही भदौ २२ गते शुक्रवार आयोजना हुने भएको छ । 

विशेषत महिलाहरुको प्रतिभा प्रष्फुटन एव महिलाहरुको पर्वलाइ महापर्व वनाउन कार्यक्रमको अयोजना गरिएको एफएमका प्रवन्ध निर्देशक उज्वल चौलागाइले वताउनु भयो । 

५ जना सम्मको महिला समूहवनाइ तिज भाखामा हुने प्रतियोगितामा प्रथम हुने समूहले नगद१५ हजार तथा प्रमाणपत्र दोश्रो हुने समूहले नगद १० हजार तथा प्रमाणपत्र एव तेश्रो हुने समूहले नगद ५ हजार तथा प्रमाणपत्र प्राप्त गर्ने एफएमले जनाएको छ । 

कार्यक्रममा सहभागिहुन समूह वनाइ भदौ २० गते सम्म नामदर्ता गर्न सकिने छ भने कार्यक्रममा सहभागि भइ राम्रो नृत्य गर्ने १ जनाले चादीको पाउजु पाउने व्यवस्था मिलाइएको एफएमले जनाएको छ ।

कार्यक्रममा सहभागि हुन राष्ट्यि स्तरका आधादर्जन चर्चित कलाकारहरु आउने भएका छन् भने प्रवेश गर्न कुनै शुल्क नलाग्ने जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*