हेटौडाको इन्द्रसरोवर गाउँपालिका ३ को पाथिखोल्चामा पहिरो खस्दा सडक अबरुद्ध

छहारी संवाददाता
साउन २८, २०७५

हेटौडाको इन्द्रसरोवर गाउँपालिका ३ मा रहेको पाथिखोल्चामा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

लगातारको वर्षा काराण हेटौँडा काठमाण्डौँ जोड्ने छोटो दरीको मार्गका रुपमा रहेको हेटौँडा–सिस्नेरी–काठमाण्डौँ सडकखण्ड अन्र्तगत पाथिखोल्चामा पहिरो खसेको हो । 

पहिरो खसेपछि अहिले हेटौँडाबाट काठमाण्डौँको लागि छुटेका सवारी साधन बिच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान सोढ ८ बजेदेखि पहिरो खसे पनि वर्षा नरोहिएकाले अहिलेसम्म पहिरो पन्छाउन समस्या भइरहेको समेत प्रहरीे जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*