मकवानपुरको मनहरीबाट १ सय १३ किलो गाँजा सहित एकजनाल पक्राउ 

छहारी संवाददाता
साउन २७, २०७५

मकवानपुरको मनहरीबाट प्रहरीले १ सय १३ किलो गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । 

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान ब्युरोका प्रहरी निरिक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मनहरी बजारबाट गाजा सहित एकजनालाई पक्राउ  गरेको हो ।

चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर जाँदै गरेको ना ४ ख २९३ नम्बरको कन्टेनर ट्रकबाट उक्त परिणामको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीले ६ वटा बोरामा ३५ प्याकेट बनाई ल्याएको १ सय १३ किलो गाँजा सहित ट्रक धनी एवं चालक चितवन राप्ती नगरपालिका ४ का ४१ वर्षिय विष्णुभक्त श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

गाँजाको मूख्य खरिदकर्ता र विक्रि गर्नेको खोजी भइरहेको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*