तत्काल नो पार्किङको विवाद अन्त्य गर्न कांग्रेस मकवानपुरको अपिल

हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमका पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) घोषणा गरेको विषयलाई लिएर उत्पन्न विवादप्रति नेपाली कांग्रेस मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाद्धारा जारी विज्ञप्ति नो पार्किङको विषय विगत केहिदिन विवादित बनेकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।
हेटौंडा उपमहानगरपालिकाले भरपर्दो बैकल्पिक व्यवस्था नगरि आकष्मिक रुपमा पार्किङ हटाउने निर्णय गरेको भन्दै कांग्रेस मकवानपुरले नजिकिएको चाडबाडका बेला बजार बन्द हुँदा सर्वसाधारण तथा स्थानीय व्यवसायीलाई समस्या पर्ने भएकाले तत्काल समस्याको समाधान निकाल्न अपिल गरेको छ ।







