साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधी गम्भिर बिरामी
साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधीको गम्भिर अवस्थामा आईसीयूमा राखेर उपचार भइरहेको छ ।
२०५७ सालमा मृगौला फेल भएपछि डायलसिस गर्दै आएका दाहालको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको हो ।
डायलासिस गर्ने क्रममा अचेत भएपछि उहाँलाई आईसीयूमा भर्ना गरिएको परिवारले बताएको छ । उहाँको टाउकोमा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
टाउकोमा रगत जमेको र सँगै डायलासिस पनि गर्नुपर्ने भएकाले उहाँको अवस्था गम्भीर भएको डाक्टरले बताएका छन् ।
दुवै मिर्गौलाले काम नगरेपछि दाहालले २०५७ सालको फागुनमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । तर फेरेको मिर्गौलाले पनि काम नगरेपछि २०६८ साउन २२ गतेपछि उहाँले हप्तामा तीन दिन डायलासिस गराउँदै आउनुभएको छ ।
खोटाङको खाल्लेमा २०१० सालमा जन्मनुभएका दाहाल अहिले काठमाडौंको मण्डिखाटारमा बस्नुहुन्छ ।







