नेपाली नोट वा सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब यस्तो सजाय

छहारी संवाददाता
साउन २४, २०७५

नेपाली नोट वा सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेले सजाय भोग्नु पर्ने भएको छ । 

नोटमा जथाभावी केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई प्रहरीले प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने मुलुकी अपराध संहिता ऐनमा उल्लेख छ । 

यो ऐन भदौ देखि लागू हुने भएको हो ।  

यसअघि भने नोट केरमेट गर्ने र च्यात्ने वा जलाउनेलाई कैद वा जरिवानाको व्यवस्था थिएन । राष्ट्र बैंकले नयाँ नोट केरमेट नगर्न नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ ।उज्यालो अनलाइनबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*