ओम्याक्समा भएको आगलागीप्रती दुःख व्यक्त

छहारी संवाददाता
साउन २४, २०७५

चलचित्र पत्रकार संघ मकवानपुर शाखाले आज हेटौंडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा भएको आगलागी प्रती दुःख व्यक्त गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै संघका सल्लाहकार नरेन्द्र महर्जनले सञ्चालन गरेको ओम्याक्स सिनेमा हलमा आज विहान भएको आगलागीबाट करोडौंको क्षति भएको भन्दै दुःख व्यक्त गरेको हो ।

यस दुःखद् घडिमा चलचित्र चत्रकार संघ मकवानपुर शाखाका सबै चलचित्र पत्रकारहरुले सहानुभूति प्रकट गरेको संघका अध्यक्ष मणिराज गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*