हेटौंडाको एक मात्र डिजिटल हल ओम्याक्स आगलागीबाट ध्वस्त

हेटौंडाको एक मात्र डिजिटल हल ओम्याक्स आगलागीबाट ध्वस्त भएको छ ।
बुधबार बिहान १० बजेबाट सुरु भएको आगो करीब २ घण्टा पछि मात्र नियन्त्रण्मा आएको थियो । हेटौडा उपमहानगरपालिका र अमलेखगञ्जबाट आएको आयलनिगमको दमकलले आगो निभाएको हो ।
बिधुत मर्मत गर्ने क्रममा सर्ट भएर आजलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
हलमा लागेको आगो निभाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, स्थानिय वासिन्दा तथा हेटौंडाका युवाहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताउनुभयो । हेटौंडामा एउटा मात्र दमकल रहेकाले छिटो आगो निभाउन समस्या भएको हो ।
आगगीबाट हलको पर्दा सहित भित्र रहेका सबै उपकरण जलेर नष्ट भएको छ । चलचित्र निर्माता, वितरक तथा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले संचालन गर्नु भएको ओम्यक्स हल तीन करोड लागतमा निर्माण गरिएको थियो ।
२०६९ जेठ बाट सञ्चालनमा आएको ओम्याक्स हल ८ कठ्ठा क्षेत्रफलमा बनेको थियो । एकसाथ ४ सय ३१ जनाले फिल्म हेर्न सक्ने हलमा अहिले कायरा फिल्म प्रर्दशमा थियो । तर हलको मर्मतसम्भार भइरहेकाले बुधबार भने फिल्म प्रदर्शन गरिएको थिएन ।
केही महिना अघि मात्र हलको मर्मत गरेर सिट तथा कार्पेट परिवर्तन गरिएको थियो । ओम्याक्समा १५ जनाले रोजगारी पाएका थिए ।







