हेटौँडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा आगलागी

छहारी संवाददाता
साउन २३, २०७५

हेटौँडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । 

हेटौडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

हलको भित्री भागबाट सुरु भएको आगलागी के कारणले भयो भन्ने खुल्न सकेको छैन यद्यपी विद्युत सर्ट भएर आगलागि भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हलको सिसा फुटाएर भित्र रहेका सामान निकाल्ने काम गरिरहेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*