पहिरोले हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी र फाखेल सडकखण्ड अवरुद्ध

पहिरोको कारण हेटौंडा–काठमाडौं छोटो मार्ग सिस्नेरी र फाखेल सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्ड अवरुद्ध हुँदा सबारी आवागमन बन्द भएको छ ।
गएराती इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी पहिरो गएपछि हेटौंडा–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक अवरुद्ध भएको हो ।
यस्तै इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मीमा पहिरो खस्दा हेटौंडा–फाखेल–काठमाडौं सडक पनि अवरुद्ध भएको छ ।
पहिरो झर्ने क्रम नरोकिएको र फाखेल तथा सिस्नेरीको सडकलाई पानी नपरेको खण्डमा आज दिउँसोसम्ममा सञ्चालन गर्नेगरि पहिरो पन्छाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।







