प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हेटौंडामा अन्तरक्रिया गर्ने

छहारी संवाददाता
साउन २१, २०७५

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज हेटौंडामा अन्तरक्रिया गर्ने भएको छ ।

संघियतालाई कार्यनयन गर्ने उदेस्यले तीन नंम्बर प्रदेशको राजधानी हेटौंडामा सरोकारवाला पक्षसंग अन्तरक्रिया गर्न लागिएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको व्यवस्था, श्रोत व्यवस्थापन, योजना तर्जुमा, कार्यक्रम संचालन पद्धती लगायतका विषयमा छलफल गरिने तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिब रमेश सिवाकोटीले बताउनुभयो ।

आज साझ हुने कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयका सहसचिब मुकुन्द पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिब, कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयका सहसचिब, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सहसचिब लगायतकाको टोली सहभागी हुने बताइएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*