वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्मा र भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री गडकरीबीच भेटवार्ता

छहारी संवाददाता
साउन १८, २०७५

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग नयादिल्लीमा भेटवार्ता गर्नु भएको छ ।  

भेटका क्रममा अध्यक्ष शर्माले रक्सौल रेल्वे क्रसिङ्गले गर्दा नेपाल – भारत दुवै मुलुकका पर्यटक लगायत सर्वसाधारणलाई घण्टौं जाममा बस्नुपर्ने बाध्यता रहेकोले भन्दै धनाकर्षण गराउनु भएको छ ।

शर्माले रक्सौल रेल्वे क्रसिङ्गमा आकाशे पुलको निर्माण तथा मोतिहारी–पिपराकोठी–रक्सौल राजमार्गलाई यथाशीघ्र ४ लेनको रुपमा स्तरोन्नति, रक्सौल कस्टम नजिकको मितेरी पुलमा लाग्ने गरेको जामलाई हटाउन समानान्तर पुलको निर्माण गर्न, रक्सौल तथा आसपासका सडकहरुलाई फराकिलो पार्न, सीमावर्ती शहर रक्सौललाई भौतिक पूर्वाधार सहितको शहरको रुपमा विकसित गर्न तथा आन्तरिक उडानको लागि रक्सौलको विमानस्थल सञ्चालनमा ल्याउन पहलका लागि मन्त्री गडकरीसँग आग्रह गर्नुभयो ।

जवाफमा सडक यातायात तथा राजमार्ग मन्त्री गडकरीले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले उठाएका विषयमा आपूmले गम्भीरताका साथ पहल गर्ने बताउनुभयो ।

भेटमा सीमावर्ती क्षेत्र (बेतिया) भारत, विहारका सांसद सञ्जय जयसवाल तथा नेपाल भारत सहयोग मञ्का केन्द्रीय अध्यक्ष तथा सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैधको उपस्थिति रहेको थियो ।

यसैगरी शर्माले भारतको उत्तरी दिल्ली नगर निगमका लिडर अफ हाउस तिलक राज कटारियासँग उहाँकै कार्यकक्षमा भेटवार्ता गर्नु भएको छ ।

भेटवार्तामा नगरवासीहरुलाई दिन सकिने सेवा, सुविधा, कर संकलन प्रक्रिया, विकास निर्माणका कार्यहरु बारे छलफल भएको थियो ।

छलफलका क्रममा नेपाल भारत सहयोग मञ्का केन्द्रीय अध्यक्ष तथा सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैधको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*