नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, आवागमन अबरुद्ध

१७ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा खसेको पहिरोले बिहीबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध भएको छ ।
सडक खण्डको घुमाउने र जलवीरेमा बिहान ४ बजे खसेको पहिरोले सवारी आवागमन प्रभावित भएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका– २९, घुमाउनेमा ठूलो पहिरो खसेको छ । ठूला ढुंगा सडकमा खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । सडक ठप्प भएपछि दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
उता, इच्छाकामना गाउँपालिका– ६ को जलवीरेमा पनि पहिराे खसेकाे छ । प्रहरीका अनुसार, पहिरो एकतर्फी पन्छाएर सवारी आवागमन खुलाइएको छ । पूरै पहिरो हटाउन भने केही समय लाग्ने बताइएको छ







